अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १३ गते
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ ।
उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।हाल देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिनभरको मौसम
देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न. १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश न. १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभागले आग्रह गरेको छ।