आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते

नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *