सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते

सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन्। उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् ।

शनिबार चौधरीले सामाजिक सञ्जालमार्फत् एक सूचना पोस्ट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको बताएका हुन्। कोरोना पुष्टि भएपछि १० दिनसम्म आइसोलेसनमा बसेपछि उनी संक्रमणमुक्त भएका हुन्।

उनले आफूलाई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् ।

सांसद समेत रहेका चौधरीले भनेका छन्, ‘मैंले जीवनमा तपाईंहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’

उनलाई गत १२ गते कोरोना पोजेटिभ देखिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *