अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते
चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालको कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिकारीले दिएको जानकारी अनुसार अस्पतालमा शनिबार गरिएको १३४ नमुना मध्ये ३४ नमुनामा पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमितहरु मध्ये चितवनका ३० जना रहेका छन् भने नवलपुरका ३ जना र कास्कीका एक जना रहेका छन् ।