भारतमा एकैदिनमा थपिए ९० हजार भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते

 भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

भारतमा कुल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ। कोरोनाका कारण हिजो १ हजार भन्दा मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ।

भारतमा निको हुनेको दर पनि उत्तिकै बढिरहेको छ । भारतमा एकैदिन ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यससँगै हालसम्म भारतमा कुल संक्रमितमध्ये ३१ लाख ७७ हजार ६७३ जना कोरोनामुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *