अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २० गते
नेपालमा आज थप ९ जना जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला सहित ६ जना पुरुष गरि ९ जनाको ज्यान गएको छ ।
उनका मोरंगका ४३ बर्सिय एक महिला, मकवानपुरको ५२ बर्सिय एक महिला नवलपरासी का ३७ बर्सिय एक महिला तिन जनाको मृत्यु भएको छ ।
पर्साको ७५ बर्सिय एक पुरुष, महोत्तरीको ७८ बर्सिय एक पुरुष, काठमाडौँको ४१, ५९, ६५ तिन जना, रुपन्देहीको ४० बर्सिय एक पुरुष गरि ६ जना पुरुषको ज्यान गएको छ ।