रौतहटमा निषेधाज्ञा भदौ मसान्तसम्मका लागि थप हुदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते

रौतहटमा भदौ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको छ ।  कोभिड १९ संकट व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकले भोलि २२ गतेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । 

गत भदौ १४ गते स्थानीय प्रशासनले जारी गरेको ७ दिने निषेधाज्ञाको अवधि आज बेलुकी सकिँदैछ । जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेकाले निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

यस अवधिमा सार्वजनिक तथा भाडाको गाडी चलाउन निषेध गरिएको छ भने अत्यावश्यक सवारीसाधन  चलाउन पाइने छ । अत्यावश्यक तथा खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *