आजदेखि आगामी तीन दिनसम्म बैंकका सबै शाखाहरु खुल्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २३ गते

आजदेखि बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु ३ दिनसम्म खोल्न दिने भएको छ ।

नेपाल राष्ट्र बैंकको, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले करदाताहरुलाई भदौ २५ सम्म राजश्व तिरिसक्न समय सीमा दिएको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने, तथा करदाताहरुलाई सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *