आजदेखि सुनसरीमा २ बजेसम्म बजार खोल्न पाईने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २३ गते

आजदेखि सुनसरीमा २ बजेसम्म बजार खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइने निर्यणमा केही परिवर्तन गरी आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सूचना जारी गर्दै डिसिसिएमसिको आज बसेको बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको बताएको छ ।

उद्योगी, व्यवसायी तथा अन्य समेतको माग अनुसार पसल खोल्ने सम्बन्धमा आजबाट २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रले द्वारा हस्ताक्षरीत सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *