अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २५ गते
नेपालमा आज थप ५ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु पुष्टि भएका मध्ये काठमाण्डूमा ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष रहेका छन्। त्यस्तै चितवनका ६२ वर्षीय र कपिलवस्तुमा २९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।
यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।