अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २६ गते
भारतमा एकै दिन ९६ हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९६ हजार सात सय ६० जनामा संक्रमण देखिएपछि भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४५ लाख ५९ हजार सात सय २५ पुगेको छ ।
भारतमा कोरोनाका कारण ७६ हजार ३ सय ४ जनाको मृत्यु भइसकेको छ । एक दिनमा एक हजार दुई सय १३ जनाले ज्यान गुमाए ।
कोरोनालाई जितेर घर ३५ लाख ३९ हजार नौ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।