अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, भदौ २६गते
मिथिलाञ्चलकै पवित्र र कठोर ‘जितिया पर्व’धनुषा, महोत्तरी लगायत आज सम्पन्न भएको छ ।
बुधबार राती ९.४५ देखि ब्रत बसेकी ब्रतालुहरु ३६ घण्टासम्म पछि आज बिहान पुजा पश्च्यात सम्पन्न गरेका छन् । यो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ ।
जितिया मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो
जितिया व्रत बस्नु एक दिन अघि सप्तमी तिथिमा ब्रतालुहरु नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
दिनमा पितराइनलाई खुवाउने चलन छ भने रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।