सप्तरीका एसपी र डिएसपीलाई कोरोना सङ्क्रमण पुष्टि

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, भदौ २६ गते

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) दुवै जनालाई कोरोना संक्रमण भएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोभिड–१९ को प्रयोगशालाले विहिवार सार्वजनिक गरेको रिपोर्ट अनुसार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

४ वर्षिय एसपी भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा हाजिर भएका हुन्।

नीहरु दुवै जनाले वुधवार स्वाव परिक्षणका लागि दिएका थिए । यो सहित सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ५४ पुगेको छ ।

 जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत १९ र प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत ३५ प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।

 यससँगै जिल्लामा कुल सङ्क्रमितको संख्या ९९१ पुगेको छ । कुल सङ्क्रमितमध्ये ६८२ जना निको भएर घर फर्किसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *