आज देशभरमा कहाँ-कहाँ भारी वर्षाको सम्भावना रह्रेको छ ?

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २६ गते

हाल  मनसुनको  न्युन चापीय  रेखा  औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अबस्थित छ।

हाल  देशभर सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक/दुई  स्थानमा  भारी  वर्षा भईरहेको छ ।

आज देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन,चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभागले आग्रह गरेको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *