नेपालमा आज थप ५ जनाको कोरोनाबाट मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २६ गते

नेपालमा आज थप ५  जना जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३२२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  १  जना महिला सहित ४ जना पुरुष गरि ५ जनाको ज्यान गएको छ ।

उनका मोरंगकि ४० बर्सिय एक महिला निधन भएको छ।

महोत्तरीका ६५ बर्सिय एक पुरुष, धनुषाका ४५ बर्सिय एक पुरुष, काठमाडौँको ७० बर्सिय एक पुरुष र  नबलपरासीका ५५ बर्सिय एक पुरुष गरि चार पुरुषको निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *