पोखरीमा डुबेर बालकको मृत्यु

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता  भदौ २६ गते

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मडहा स्थित पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका १ मडहा घर भएका फग्गू डफालीका १४ वर्षीय छोरा खुर्शीद डफाली रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

बाख्रा चराउना गएका खुर्शीद पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *