नेशनल मेडिकल कलेज वीरगंजले आज देखी अस्थाई कोरोना अस्पताल सेवा शुरु

अनलाईन न्युजपाटी संजु छत्कुली, बिरगंज,समाचारदाता, भदौ २६ गते

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवमा रहेको नेशनल मेडिकल कलेजको निजी भवनमा आज देखी स्वास्थय मन्त्रालयको सहमतीमा आज देखी २० वटा आईसियुलेशन सहित १७० बेड क्षमता भएको कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

नेशनल मेडिकल अस्पतालले आज देखी संचालनमा ल्याएको कोरोना अस्पतालको एक कार्यक्रम बिच सो अस्पतालका अध्यक्ष डाक्टर जैनुदिन अन्सारी र जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामांगले उदघाटन गर्नु भएको छ ।

कोरोना अस्पताललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले स्वास्थय मंत्रालयको सहमतीले बनाईएको र हाल २० बेड आईसियु १६ बेड  ऐस्क्रिन वाड र ८ वटा हाल भेन्टिलेटर सहित १७० वटा वेड मात्र हाल संचालनमा रहेको नेशनल मेडिकल कलेजका अध्यक्ष डाक्टर जैनुदिन अंसारीले जानकारी दिनुभएको छ ।

उक्त अस्पतालमा कोभिडका बिरामीहरुलाई रेडिमभेसिन ईँजेक्सन खाना पिसिआर टेस्टको लगायत सम्पुर्ण निशुल्क उपचार गरीने अध्यक्ष डाक्टर अन्सारीले बताउनुभयो । भन्डै करिव पौने एक विघा जग्गामा रहेको उक्त अस्पतालमा ३५ वटा कोठा र ५ वटा हल रहेको छ । 

कोरोनाको बिमारीले पर्सा जिल्लामा उपचार बिना थुप्रैले ज्यान गुमाएको कारण अव कुनै गरिव असायहरुले कोभिडको कारण ज्यान न जाओस भनेर नेशनल मेडिकल कलेजले कोरोना अस्पतालको स्थापना गरेको अन्सारीले संचारकर्मीहरुलाई बताए ।

अंसारीले १३० वटा वेड चाडै नै संचालन गरी ३०० सय वटा बेड संचालनमा आउने जानकारी दिनुभयो । अस्पताल संचालनमा प्रदेश न २ को कोरोना संक्रमितलाई उपचार गर्न सहज हुने प्रबन्धक अंसारीले बताउनुभयो ।

 उक्त उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका, बीरगंज ब्यारेकका नेपाली सेनाका प्रमुख सेनानी नेशनल मेडिकल कलेजका एम डि बसुरुदिन अन्सारी, चिकितस्क र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *