अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २७ गते
नेपालमा आज थप १४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला सहित ११ जना पुरुष गरि १४ जनाको ज्यान गएको छ ।