अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३० गते
काठमाडौं उपत्यकामा आज थप ६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितहरू काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जना रहेका छन् ।