सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहानै ६ रेक्टरको भूकम्पको धक्का

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३१ गते

आज बिहानै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५:१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित भूकम्पको धक्का मकवानपुर, चितवन, स्याङ्जालगायत देशका अरू भागमा पनि महशुस गरिएको थियो।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रविन्दु सिन्धुपाल्चोकमा क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *