अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ ३१ गते
भारतमा पछिल्लो २४ घण्टामा ९१ हजार एक सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५० लाख १८ हजार ३४ पुगेको हो ।

कोरोनाका कारण भारतमा हालसम्म ८२ हजार ९१ जनाले ज्यान गुमाएका छन् । एकै दिन एक हजार दुई सय ८३ जनाले ज्यान गुमाए ।
३९ लाख ३९ हजार एक सय ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नौ लाख ९६ हजार आठ सय ३२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।