गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना सङक्रमित

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, असोज २ गते

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको  छ ।  निर्देशनालयले पोखरा महानगरका ४ वटा वडाका ३ बालकसहित ११ पुरुष र ४ महिलामा कोरोना देखिएको जानकारी दिएको हो ।

निर्देशनालयले पोखरा १ का ७ वर्षीय बालक, पोखरा ७ का  २५, ३०,३४, ३५ र ३८ वर्षका पुरुष , पोखरा १६ का ३३ वर्षीय पुरुष,  पोखरा १९ का २ र ७ वर्षीय बालक, २६ र ४० वर्षका पुरुष तथा २० वर्षीया एक  र  ३२ – ३२ वर्षका ३ महिलामा समेत  कोरोना पुष्टि भएको जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *