अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, असोज २ गते
गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नवलपुर देबचुली ११ का ३१ बर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति १२ : १८ मा चितवन मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गत भदौ २५ गते अस्पताल भर्ना भएका युवकमा भदौ २६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । युवकमा श्वासप्रस्वास तथा मृगौला सम्बन्धि समस्या समेत रहेको निर्देशनालयले जनाएको छ ।