पोखरामा जवरजस्ती चन्दा उठाएको आरोपमा २ जना प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, असोज २ गते

जवरजस्ती चन्दा उठाएको आरोपमा २ जनालाई कास्की प्रहरीले पोखराबाट  पक्राउ गरेको छ ।

चन्दा संकलन गरीरहेको अवस्थामा बुधबार दिउसो ३ :३० बजे पोखराको हल्लनचोकबाट  विप्लव समुहको अखिल क्रान्तिकारीमा आवद्ध २ युवक पक्राउ परेको कास्की प्रहरीले जनाएको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ने.क.पा. बिप्लव समुहको  केन्द्रिय समितिको नगदी रसिद , १ लाख नगद, ४ वटा मोबाइल र एउटा मोटरसाइकल  बरामद गरेको डीएसपीले बताउनुभयो ।

प्रतिवादी बिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *