अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३ गते
अविरल वर्षासँगै आएको बाढीपहिरोले बेँसीशहर–चामे सडक शुक्रबार साँझबाट अवरुद्ध भएको छ ।
लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् ।
सडक भासिएपछि सोही भिरको कुनापट्टिको भाग खोतलेर बुधबार साँझबाट सडक पुनः सञ्चालन भए पनि सोही स्थानमा आज पुनः पहिरा खसेपछि सडक अवरुद्ध भएको हो ।