अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ५ गते
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामि ४-५ दिन अर्थात २१ सेप्टेम्बर राती देखि २५ सेप्टेम्बर नेपालको धेरै स्थानमा मेघगर्जन,चट्टयाङ सहितको वर्षा तथा केहि स्थानमा भारी देखि धेरै भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक जल तथा मौसम बिज्ञान बिभागले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।