नेपालमा आज थप १६ जनाको कोरोनाका कारण मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ५ गते

पछिल्लो २४ घण्टा मा १६ जना को निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन्।

निधन हुनेमा ३ महिला र १३ पुरुष गरि १६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

हाल सम्म नेपालमा कोरोना को कारण निधन हुनेको संख्या ४२७ पुगेको छ।

निधन हुनेमा मकवानपुरको १७ बर्सिय एक महिला ,ललितपुर को ५८ बर्सिय एक महिला र दोलखा को ५२ बर्सिय एक महिला गरि ३ महिला को निधन भएको छ।

पुरुषमा झापाको ७२ बर्सिय एक पुरुष , सुनसरीको ४९ बर्सिय एक पुरुष , पर्सा को ८८ बर्सिय एक पुरुष , भक्तपुरका दुई जना ८४ र ६२ बर्षीय , काठमाडौँको दुई जना ५८ र ७३ बर्सिय , मकवानपुरको एक ६८ बर्सिय पुरुष, ललितपुरको एक ६१ बर्सिय पुरुष, चितवनको ५५ बर्सिय एक पुरुष , रुपन्देहीको ६७ बर्सिय एक पुरुष , बाँकेको दुई जना ५० र ५९ गरि १३ जनाको निधन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *