अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १४ गते
बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपीले जानकारी दिए ।
भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको डीएसपीले जानकारी दिए ।
भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए । राति अबेरसम्म नफर्केपछि खोज्न गएका अन्य दुईजनालाई पनि बाघले आक्रमण गरेको थियो ।