काठमाडौं उपत्यकामा आज थपिए १६ सय ८४ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २१ गते

काठमाडौं उपत्यकामा आज थप १६ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ८४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १२ सय ९६ जना, भक्तपुरका ९५ जना र ललितपुरका २९३ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *