अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २९ गते
कोभिड १९ महामारी रुपमा फैलिएका कारणले यस पटक दसैंमा घटस्थापना (कात्तिक) १ गते देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ ।
दसैंमा घटस्थापनादेखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सुझाव आएका छन् । कुनै निर्णय भइसकेको छैन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘संक्रमणलाई रोक्न त्यो पनि एउटा विकल्प छ ।
यस वर्ष दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गर्दै आएको छ। दसैं नजिकै आइसक्दा पनि यस वर्ष विगत वर्षजस्तो बजारमा चहलपहल छैन।