अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३० गते
सुनसरी जिल्लामा फेरी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। प्रशासनले जिल्लामा लागू हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णयसंगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् ।

प्रशासनका अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् । सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ ।
त्यसै गरी मन्दिर, शक्ति पिठमा नित्य पुजा बाहेक गर्न नपाइने भनिएको छ । उसले मस्जिद तथा गुम्बाहरुमा भेला जम्मा हुन नपाइनुका साथै भजन किर्तन जस्ता कार्यमा समेत रोक लगाइएको जनाएको छ । सुनसरीमा निषेधाज्ञाको अवधि कात्तिक १ गते देखि मंसिर ६ गते सम्म रहने प्रशासनले जनाएको छ ।