अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३० गते
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,७०२ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,७०२ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ हजार ७ सय ८४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय ७४जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २४४ जना संक्रमित थपिएका छन् ।