अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३० गते
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि ललितपुरमा अत्यावश्यकीयबाहेकका सेवाहरु स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभर अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएको जनाएको छ ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर अत्याधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहीहरुको भिडभाड अत्याधिक बढ्न गई सेवाग्राहीमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सेवा प्रवाह स्थगित गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।