अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक २ गते
पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा ९ की ७० वर्षीया बृद्धा महिलाको उपचारका क्रममा आइतबार बिहान ८:४५ मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । महिलामा उच्च रक्तचाप र निमोनिया लगायतका समस्या रहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।