अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक ४ गते
विराटनगर महानगरपालिका १५ का ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राईलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उपमहानगरपालिकाको १६ नम्बर वडा स्थित दरैया एरियाबाट आज विहान सवा ४ बजे पक्राउ गरेको उक्त कार्यलयले जनाएका छ ।
कार्यालयका अनुसार उनिहरूको साथबाट ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध बरामद भएको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।