अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ७ गते
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ७ सय २० संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७ सय २० संक्रमित थपिएका हुन् ।
काठमाडौंमा ५४ हजार २ सय ४५ जना, ललितपुरमा ७ हजार ५ सय ६०, भक्तपुरमा ५ हजार ४८ जना संक्रमित थपिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६६ हजार ८ सय ५३ पुगेको छ ।