अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ८ गते
काठमाडौँ उपत्यकामा आज थप १११० जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० संक्रमित थपिएका हुन् ।
काठमाडौंमा ५५ हजार ७७ जना, ललितपुरमा ७ हजार ७ सय ३६, भक्तपुरमा ५ हजार १ सय ५० जना संक्रमित थपिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६७ हजार ९ सय ६३ पुगेको छ ।