पत्रकार रबि लामिछाने र उहाकि पत्नी निकीता दुवैजना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १३ गते

टिभी प्रस्तोता रवि लामिछानेलाई पनि कोरोना संक्रमण भएको छ।

आफु र पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको लामिछानेले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बुधबार गरिएको पीसीआर परिक्षणमा आफूहरुमा संक्रमण देखिएको उनले उल्लेख गरेका छन् ।

लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। दुवैको स्वास्थ्य सामान्य रहेको उनले बताएका छन्। ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’ लामिछानेले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *