मोरङको केराबारीमा कालिज पालिएको एक फर्ममा तास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, कार्तिक १६ गते

धरानबाट जुवा खेल्नका लागि मोरङको केराबारीमा सञ्चालित कालिज पालिएको एक फर्ममा पुगेर तास खेल्दै गरेको अवस्थामा मोरङ प्रहरीले सञ्चालक र धरानका तीनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ केराबारी–६ मा सञ्चालित हरि कृषि फर्मका सञ्चालक भूपेन्द्र भट्टराईको फर्ममा तास खेल्दै गर्दा धरानका तीनसहित पाँच जनालाई पक्राउ गरेको हो । धरान–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय सैलेश भुजेल र धरान–६ का ३६ वर्षीय हरि खत्री छन् । त्यस्तै केराबारी–६ का ४३ वर्षीय बेधराज मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी र जिल्ला प्रहरीबाट खटिएको संयुक्त टोलीले १३ बुङ ताससहित २ थान स्कुटी, २ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले ८ लाख ८९ हजार २५० रुपैयाँ नगद पनि बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *