अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, कार्तिक १७ गते
काठ चोरी सम्बन्धी मुद्दा चलिरहेको गाडीमा कञ्चनपुरमा आगलागी भएको छ ।
भिमदत्त नगरपालिका –४ को जिल्ला वन कार्यालयमा राखिएको म १ च ३०१ नम्बरको बुलेरो गाडीमा गएराति एक बजे तिरको समयमा अचानक जिल्ला वन कार्यालयमा राखिएको म १ च ३०१ नम्बरको बुलेरो व्याट्री सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दीए ।
आगलागी हुँदा गाडीको अगाडीको भाग जलेर नष्ट भएको र प्रहरीसहितको टोलीले आगो निभाएको उनले बताए ।
करिव १ महिनाअघि डडेल्धुराको पर्शुराम नगरपालिका –१२ जोगबुढाका वीर बहादुर धामीको गाडी काठसहित पक्राउ परेको र सो गाडी प्रहरीले नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाएको प्रवक्ताले बताए ।