कोरोना संक्रमणको जोखिम बढेपछि मंगला गाउँपालिकामा मंसिर १ सम्म लकडाउन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २२ गते

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि मंगला गाउँपालिकामा मंसिर १ सम्म लकडाउन गरिएको छ।

गाउँपालिकाले बिहीबार रातिदेखि मंसिर १ सम्म बैंक तथा वित्तीय संस्था, बजार, शैक्षिक संस्था र गाउँपालिका कार्यालयको सेवा प्रवाह बन्द गरेको जनाएको छ।

छिमेकी स्थानीय तहहरुले लकडाउन गर्दा बैंक तथा वित्तीय संस्थामा बाहिरबाट समेत सेवाग्राही आउन थालेको र कोरोनाको जोखिम बढेपछि बन्द गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। लकडाउन अवधिमा बिहान ७ देखि १० बजेसम्म मात्रै अत्यावश्यक पसल खुल्ने जनाइएको छ। 

गाउँपालिकाले तीनजनाभन्दा बढी मानिस भेला हुने, पिङ, ताराखेल लगायतका जमघट हुने कार्यलाई समेत रोक लगाएको छ। घरबाहिर निस्कनुपर्ने अवस्था आएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन गाउँपालिकाले आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *