अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २३ गते
कोरोना भाइरसका कारण सल्यानमा एक जनाको निधन भएको छ । जिल्लामा पहिलोपटक कोभिड- १९ का कारण शारदा नगरपालिका– १ का एक पुरुषको घरमै मृत्यु भएको हो । मृतकको दाहसंस्कार गरिरहेकै अवस्थामा उनको कोरोना रिपोर्ट पोजेटिभ भएको सूचना आएको थियो ।

आइतबारदेखि लागू हुनेगरी कात्तिक २९ सम्म शान्तिनगर, श्रीनगर, शितलपाटीदेखि बेलघारीसम्म बिहान ६ बजेदेखि १० बजेसम्म बजार बन्द गर्ने निर्णय गरेको छ ।
कोरोनाका कारण एक जनाको मृत्यु भएसँगै र प्रमुख व्यापारिक केन्द्र श्रीनगरका व्यापारीमा पनि कोरोना पोजिटिभ देखिएसँगै जिल्लाको मुख्य व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ । आइतबार वडा न. १ ले एक विज्ञप्ति जारी गर्दै संक्रमणबाट एक जनाको मृत्यु, एक व्यापारी सिकिस्त बिरामी भएको र लक्षणसहितका अन्य व्यक्तिहरु पनि फेला परेपछि बजार एक साताका लागि बन्द गरिएको जनाएको छ ।
सामाजिक दूरी कायम गरी पसल तथा बैंकहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खुल्ने उल्लेख गरिएको छ । स्वास्थ्य सेवा, पेट्रोल पम्पबाहेक अन्य सम्पूर्ण सेवाहरु सो समय बाहेक अन्य समयमा बन्द रहने वडाले जनाएको छ ।