साढे पाँच किलो गाँजासहित विराटनगरबाट दुई महिला पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, कार्तिक २५ गते

विराटनगरबाट साढे पाँच किलो गाँजासहित दुई महिलालाई प्रहरीले  पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपीले जानकारी दिए ।

कञ्चनबारी चौकमा टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा गाजाँ भेटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

दुवै महिलालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *