बैतडीको खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ जना घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २८ गते

बैतडीको खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।

दार्चुलाबाट महेन्द्रनगर तर्फ जादै गरेको ना ५ ख ५१४१ नम्बरको बस खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

७ जनाको शव जिल्ला अस्पताल बैतडीमा पुर्याईएको छ । भने एक जनाको शव अझै निकाल्न नसकेको बैतडी प्रहरीले जनाएको छ । बसको बडीले किचेको अवस्थामा रहेको डोगडाकेदार गाउँपालिकाका ६ का करन ऐरको शव बसको बडी काटेर वा जमिन खनेर निकाल्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले दिनेश खबरलाई बताए ।

मृत्यु हुने मध्ये केहीको पूर्ण पहिचान खुलेको छ भने केहीको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द, करन ऐर रहेका छन ।

ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य २ जनाको भने खुल्न सकेको छैन । 

गए राति करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनामा परेको डिएसपी अधिकारीले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *