कोरोना संक्रमणको दर बढ्दै गएपछि गुल्मीमा पनि देउसीभैलो खेल्न रोक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २८ गते

जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि गुल्मीमा देउसीभैलो खेल्न रोक लगाईएको हो ।

जिल्लामा कारोना संक्रमणको दर बढीरहेकाले चाडपर्व मनाउँदा जो जहाँ छ, त्यहीँ मनाउनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । चाडपर्वको समयमा मानिसहरुको आवतजावत र चहलपहल बढ्न जाँदा संक्रमण झनै फैलन सक्ने भएकाले तिहारको समयमा समूहमा खेलिने देउसीभैलो जस्ता नाचगान नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै, आतिसबाजी, पटका, झिरझिरे, भुइचम्पा लगायतका विष्फोटकजन्य पदार्थहरुको ओसारपसार, बिक्री वितरण एवं प्रयोग नगर्न/नगराउन प्रशासनले सबैमा आग्रह गरेको छ । घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, नियमित साबुनपानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिन प्रशासनको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *