कोशी अस्पताल विराटनगरले तिहार अवधीभर गरिएको स्वाब संकलनको परिक्षण नगर्ने

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, कार्तिक २८ गते

कोशी अस्पताल विराटनगरले तिहार (दिपावली) अवधीभर गरिएको स्वाब संकलनको परिक्षण नगर्ने भएपछि महानगरले स्वाब संकलन कार्य स्थगन गरेको छ ।


विराटनगरको जैन भवन र मोवाईल पिसिआर भेनबाट संकलन गरिदै आएको स्वाब संकलन ५ दिनका लागी बन्द गरिएको महानगरले सुचना प्रकाशित गर्दै जानकारी गराएको थियो ।

महानगरले आज शुक्रबारदेखी आगामी कातिक २ गते सम्मको लागी स्वाब संकलन कार्य स्थगन गरिएको विराटनगर महानगरपालीकाका जनस्वाथ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार महानगरबाट संकलन गरिएको स्वाब कोशी अस्पतालले तिहार अवधीभर नपठाउन आग्रह गरेसँगै महानगरले ५ दिनका लागी स्थगन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *