भारतीय सीमा नाका खुलाउन माग गर्दै सर्लाहीमा मंगलवारबाट शान्तिपूर्वक धर्ना कार्यक्रम सुरु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३ गते

सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ ।

नाका खुलाएर आवागमन सहज बनाउन माग गर्दै सदरमुकाम मलंगवामा आन्दोलन सुरु भएको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलवार पहिलो दिन दशगजा नजिकै सदरमुकाम मलङ्गवास्थित गोरखकाली नाकामा दुई घण्टा धर्ना दिइएको छ ।

विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

सरकारले समयमै सीमा नाका नखोले छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सभापति चौधरीले बताए । मुख्य नाका सरकारले औपचारिकरूपमा नखोलिदिएसम्म सर्लाही भन्सार कार्यालयसमेत बन्द रहने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *