लमजुङको दोर्दी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ,११ जना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३ गते

लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ११ जना घाइते भएका छन् । घाइतेमध्ये दोर्दी-५ का २० वर्षीय प्रकाश गुरुङ, १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ र दोर्दी-४ का ४८ वर्षीय पञ्चबहादुर तामाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर ओमप्रकाश पुनका अनसार दुर्घटनामा परि घाइते हुनेमा दोर्दी गाउँपालिका-५ का ३५ वर्षीय दुखित गुरुङ, दोर्दी गाउँपालिका-५ का ५ वर्षीय दिपशन गुरुङ, पाचोकका ३७ वर्षीय चालक मक्कनसिंह गुरुङ, फोर्जुङका १० वर्षीया आशिका गुरुङ, फोर्जुङकै ४२ वर्षीया मनिशा गुरुङ, दोर्दी गाउँपालिका-५ का १६ वर्षीय निरञ्जन गुरुङ र ८ वर्षीया निर्जला गुरुङ रहेका छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *