कपिलवस्तुको सिमाक्षेत्रमा रांगा (पाडा )को तस्करी बढ्यो

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, मङ्सिर ७ गते

आठ महिनादेखि जिल्ला भन्सार बन्द रहेपनि खुला सिमानाका कारण बैकल्पिक बाटो प्रयोग भई रांगा तस्करी मौलाउदै गएको छ।

कोरोना संक्रमण बढ्ने खतराका कारण नेपाल-भारत सिमा र भन्सार बन्द रहेकाले चोरी पैठारी बढ्नुका साथै रांगा तस्करीसमेत बढ्दै गएको छ। जिल्लाको कृष्णनगर , महराजगंज र विजयनगर स्थानिय तहसंग सटेका भारतिय सिमाबाट अवैध रुपमा रांगा तस्करी हुँदै गरेको स्रोतले जनाएको छ ।

कृष्णनगरको कुकुरभुकवा, डुमाई ,बगहि, भिल्मीलाई बैकल्पिक बाटो बनाई अवैधरुपले सिधै बहादुरगंजमा पुग्ने गरेका छन भने लक्ष्मीनगर,सिर्सिहवां, ठकुरापुर हुँदै बंसवरियामा एकत्रित भई पुन: बहादुरगंज पशु बजार पुग्ने गरेका छन । महराजगंजको सतभरा, कुशहवा, हर्दौना हुँदै पनि छिटपुटरुपमा रांगाहरु भित्रिने गरेका छन ।

बहादुरगंजमा सोमबार पशु बजार लाग्ने गरेकाले आइतबार रातिसम्म वरपरका बगैँचा अथवा खुला चौरमा रांगाहरुलाई एकत्रित गरि सोमबारिए बजारमा रवान्ना बनाउने गरेका छन ।नेपाल छिर्नेबित्तिकै पशु निरोगिता प्रमाणपत्र पाउंदै गरेकाले रांगा तस्करी रोक्न झनै अफ्ट्यारो बन्दै गएको हो ।

राति २ बजेसम्म खटेपनि हामी अवैध रांगा समाउन सकेका छैनौ, सुचनाहरु धेरै प्राप्त भए तर तस्कर र रांगा भेटाउन नसकेको प्रहरी निरिक्षक सुकदेव पौडेलको भनाई छ। केही तस्करहरुले आफु संगै पशु निरोगिता प्रमाण लिएरै हिड्दै गरेको एकजना रांगा डोर्याउने क्यरियरले नै बताए। उनी भन्छन नेपाल सिमा कट्नेबित्तिकै पहेँलो कागज हातमा आउंछ र त्यसपछि भित्र लाइन सेटिङको आधारमा निश्चित रुट हुँदै दशदेखि पन्द्रह रांगाहरु एकसाथ डोर्याएर बजार पुग्ने गरेका छौ ,धेरैजसो नबालकहरु नै यो कामका लागि सक्रिय छन ।

 पहेंलो कार्ड पाएपछि पशुक्वारेन्टाइन पनि आवश्यक ना रहेकाले धेरै समस्या नहुनेभएपछि अहिले नाकाबन्द भएसंगै तस्करहरुले बैकल्पिक बाटो अपनाउदै आएका छन । सोमबारको बजारका दिन ५ देखि ८ गाडी रांगा लोड हुन्छन भने त्यहि रवान्नामा हप्ताभरि कृष्णनगर नगरपालिका ८मा पर्ने बिसौ बगिचा, शिवराज नगरपालिका वडा ७ जवाभारी र वडा ८ महुली, पिपरी लगायतका स्थानबाट समेत ट्रकमा लोड हुने गरेको प्रत्यक्षदर्शि बताउँछन् ।

सिमाक्षेत्रमा गस्ती गर्दै आएको सशस्त्र प्रहरी बल कृष्णनगर , कर्मा र डालपुर बिओपी समेत आँखा चिम्लेर बसेकाले तस्करहरुको  हौसला बढदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *