अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ७ गते
उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय ५ रुपाटारमा शनिबार राति १:१५ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ ।
हाल उच्च मावि रुपाटारको भवन भाडामा रहेको उक्त कार्यलयमा बम विष्फोटनबाट क्षति पुगेको छ । बम विष्फोट भएपछि स्थानीयहरू डराएका छन् ।
बम विष्फोटन कसले गराएको खुलेको छैन । बम विष्फोटनको प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा पालिका केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाडामा संचालनमा रहेको छ ।